काठमाडौं २९ जेठ । नेकपा एमालेले भोली जेठ ३० गते केन्द्रीय सचिवालय बैठक बोलाएको छ । केन्द्रीय सचिवालय बैठकमा तीन एजेण्डामाथि छलफल हुने भएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलगायत एजेण्डाको विषयमा छलफल भएको छ ।
बैठक भोली दिउँसो १ बजे बोलाइएको छ ।