लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, ‘समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी'को नारालाई बजेटबाट सम्बोधन गरिने — OSNepal

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, ‘समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’को नारालाई बजेटबाट सम्बोधन गरिने

LC (KTM) June 12, 2022 0

रुपन्देही २९ जेठ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत् गर्दै देश सरकारको ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित गरेको हो ।

सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाप दिँदै मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको ‘समृद्धि प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को नारालाई यस वर्षको बजेटबाट सम्बोधन गरिने बताएका छन् ।

लुम्बिनीको विकासका लागि एकताबद्ध भएर लाग्न आग्रह गरेका उनले अझै आगामी वर्षको बजेटमा परिमार्जित र परिस्कृत बनाउन सबै जिम्मेवार हुनुपर्ने समेत बताएका छन् ।

उनले भने,’हाम्रो राजनीतिक विचार र दर्शन फरक फरक होला र छ पनि । तर, लुम्बिनीको विकासका लागि एक हुनुपर्दछ । हाम्रो सबैको दायित्व र जिम्मेवारी बराबरी छ,हामी सचेततापूर्वक रुपमा लागौँ र लुम्बिनीलाई समृद्ध बनाऔँ ।’

लुम्बिनी र राप्ती प्रदेश अस्पताल, लुम्बिनी विश्वविद्यालय, प्रदेशको राजधानी व्यवस्थापन, केही गौरवको आयोजना र आम जनताको जीवनस्तर माथि उठाउने विषयमा आगामी बजेटमा समावेशको तयारी भइरहेको समेत मुख्यमन्त्री केसीले जानकारी दिएका छन् ।

यही जेठ २५ गते प्रदेश प्रमुख अमिक शेरचनबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर