मेलम्ची र इन्द्रावतीमा आएको बाढीले बगाउदा ५० जनाभन्दा बढी बे पत्ता, मेलम्ची खानेपानी ड्याम समाप्त — OSNepal

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले बगाउदा ५० जनाभन्दा बढी बे पत्ता, मेलम्ची खानेपानी ड्याम समाप्त

LC (KTM) June 16, 2021 0

काठमाडौँ-मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले बगाउदा ५० जनाभन्दा बढी बे पत्ता भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभामा निर्वाचित मन्त्री तामाङका अनुसार मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।

तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको पनि उनले बताएका छन् । बाढीले लम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको पनि बताएका छन् । उनले खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन पनि अपील गरेका छन् । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न पनि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर