काठमाडौं । चर्चित र्यापर जी बब (सुदीप भण्डारी) र उनका बाबुआमाबिचको विबाद छरपस्ट भइरहेका बेला जी बबले आइतबार पत्रकार सम्मेलन गरेर आँफुले स्वतन्त्रता चाहेको बताएका छन् ।
जी बब र उनका आमाबुवाले एक–अर्काविरुद्ध उजुरी दिएसँगै विबादमा आएका बेला जी बबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बाबु आमाले आफ्नो स्वतन्त्र हिँड्ने र काम गर्ने अधिकारको हनन गरेको आरोप लगाएका छन् ।
उनका बाबु आमाले र्याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) ले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिँदै पत्रकार सम्मेलन नै गरेर यस विषयमा जानकारी दिए लगत्तै जी बबले पनि आफ्नो धारणा राख्दै बुवा–आमाको उजुरीपछि आफ्नो मानहानि भएको र पूर्ण रूपमा स्वतन्त्रता चाहिएको बताएका छन् ।
जी बबले आमाबुवाको आरोप खण्डन गर्दै एएनटीएफले आफूलाई बन्धक नबनाएको र आफ्नो राजीखुसीमा त्यहाँ बसेर काम गरेको उल्लेख गरेका छन् ।
र्याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) ले आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शुक्रबार जी बबका आमाबुबाले उजुरी दिएका थिए ।
त्यस लगत्तै जी बबले पनि निवेदन दिँदै एएनटीएफले आँफुलाईबन्धक नबनाएको र बाबु आमालाई पैसा चाहिएका कारण आजको अवस्था सिर्जना भएको तर आँफु स्वतन्त्र भएर हिँड्न चाहेको उल्लेख गरेका छन् । जी बबले गाएको ‘मिलेन तेरो लेबल तेरो बाउ बोला ए’ गाएपछि थप चर्चा कमाएका थिए ।