काठमाडौ २९ जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न आरोप लगाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै नेता राववले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न भन्दै यस्तो आरोप लगाएका हुन् ।
‘देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको छ ।’ रावलले भने । देउवाको अमेरिका भ्रमणको तयारीबारे सत्तापक्षबाटै प्रश्न उठिसकेको समेत जानकारी गराएका छन् ।
देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको उनको धारणा रहेको छ ।