प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित,असार १ गते बजेट पेश हुँदै — OSNepal

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित,असार १ गते बजेट पेश हुँदै

LC (KTM) June 12, 2022 0

विराटनगर २९ जेठ । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९र८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रदेश सभाको बैठकले सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा मुख्यमन्त्रीराजेन्द्र राईले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका छन् ।

सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।अब असार १ गते प्रदेशसभा बैठकमा बजेट पेस हुने भएको छ ।

उक्त बैठकको लागि प्रदेश सांसदहरुलाई २ बजे उपस्थित हुन सभामुख भण्डारीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर