जेल जिवन बिताइरहेका रेशम चौधरी भने -दोषीलाई राज्यले नै जोगाएर राखेको छ — OSNepal

जेल जिवन बिताइरहेका रेशम चौधरी भने -दोषीलाई राज्यले नै जोगाएर राखेको छ

LC (KTM) June 12, 2022 0

काठमाडौं २९ जेठ । कारागारमा जिवन बिताइरहेका निलम्बित सांसद रेशम चौधरीले आफू दोषी नभएको बताएका छन् । टीकापुर घटनामा दोषी ठहरिएका चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

चौधरी पत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत दोषीलाई राज्यले नै जोगाएर राखेको आरोप लगाएकी छन् । उनले भनेकी छिन्, ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’

नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रन्जिताले रेशम चौधरीले लेखेर दिएको भनाइ सामाजिक सञ्जालमा आफुले राखेको बताएकी छन् ।

उनले लेखेकी छन् , ‘पछिल्लो पटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व-वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपनि अझै हामी जेलमा छौँ । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने ? पूर्व र वर्तमान प्रधानमन्त्रीज्यूहरू वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पन्छिन पाइन्छ ?’

‘टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट सार्वजनिक नगर्नु भनेकै राज्य दोषी हुनु हो । लाल आयोग, शर्मा आयोग हाम्रा आग्रहमा गठन गरिएको होइन । राज्य स्वयंले गरेको हो’ उनले लेखेका छन्, ‘आफैँले बनाएको रिपोर्ट, आफैँले सार्वजनिक गर्न नसक्नु भूल स्वीकार्नु होइन ?’

सरकारले टीकापुर घटनाको यथार्थ छानबिनको रिपोर्ट समेत सार्वजनिक नगरेको आरोप लगाएका उनले लेखेकी छन्, ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।’

२०७२ साल भदौ ७ गते भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर