काठमाडौं २९ जेठ । काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनको मिति तय भएको छ । आज आइबार बसेको कार्यपालिका बैठकले असार ५ गते नगरसभाको ११ औँ अधिवेशनको गर्ने मिति तय गरेको हो ।
आइतबार बसेको
कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश गरेका छन् ।
साथै, उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ , जसमा सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन् ।
बैठकले गरेको अर्को निणर्य भनेको विभिन्न विषयगत समितिका संयोजकहरूको नाम अनुमोदन गरेको छ ।
जसमा सुशासन समितिमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, सामाजिक समितिमा वडा १० का अध्यक्ष रामकुमार के. सी., पूर्वाधार समितिमा वडा १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार रहेका छन् ।
सम्पदा तथा पर्यटन समितिमा वडा ८ का अध्यक्ष आशामान संगत, सूचना प्रविधि समितिमा वडा १७ का अध्यक्ष नविन मानन्धर , शिक्षा र स्वास्थ्य समितिमा वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा २३ का अध्यक्ष मचाराजा महर्जन, राजस्व समितिमा वडा ३२ का नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।