काठमाडौं २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारएकलौटी नभएको स्पष्ट पारेका छन् । आइतबार नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘एउटा कुरा के बुझ्नु पर्यो तपाईंहरूले भने यो कांग्रेसको एकलौटी सरकार होइन, यो नबुझिकन धेरै क्लिम गर्ने होइन्,’ उनले भने ।
यो सरकार एकलौटी सरकार नभएकाले ठूलो अपेक्षा नलिन आग्रह गरेका देउवाले श्रमजिवीको रोजीरोटीको सुविधाका लागि सबैले सोहीअनुसार काम गर्नु पर्ने अवस्था आएको बताएका छन् ।
वर्तमान सरकार श्रमजिवीको हकहितका लागि प्रतिबद्ध भएको दावी समेत गरेका देउवाले श्रमिकहरूको हक अधिकारका लागि नेपाल ट्रेड युनियन कांग्रेसलाई सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन् ।