काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले प्रतिनिधि सभाको निर्वाचनका लागि चुनाब लड्ने भएका छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो । सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेल यसअघि पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए ।कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव जित्दै आएको काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार पुकार बमले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । न सिंहले चुनाव जित्दै आएको काठमाडौं १ मा स्वतन्त्र उम्मेदवार पुकार बमले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।