काठमाडौँ :
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह द्रुत गतिमा आफ्ना काम कारवाहीहरुलाई अगाडी बढाउने ध्याउन्नमा लागेका छन् ।
फोहोरको व्इबस्थापन, पानीको विकल्पमा काम गरिरहेका बालेनले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्।
सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका मेयर शाहले सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्। उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल थालेको स्रोतको भनाई छ ।
केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गर्नका लागि उनले निदेृशन समेत दिइसकेका छन् । सो अवसरमा मिडियालाई आफ्नो प्रतिक्रिया दिँदै मेयर शाहले भने पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व छ ।
शाहले भने आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो । टुँडिखेलबाट पानी ल्याउने कुरामा नेपाली सेनाले पनि मेयर शाहको यो अभियानलाई सहयोग गर्ने बताइएको छ ।
शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा कुरा राखेको र सेना सकारात्मक भएको बुझिएको छ ।