लगातार उकालो लाग्यो अमेरिकी डलरको भाउ — OSNepal

लगातार उकालो लाग्यो अमेरिकी डलरको भाउ

LC (KTM) June 12, 2022 0

काठमाडौं, २९ जेठ:

अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर ९बिक्रीदर० १२४। ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४।२४ रहेको छ ।

शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४।७३ र बिहीबार १२४।६८ रहेको थियो ।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ ।

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

आज एक युरोको बिक्रीदर १३२।१२ रहेको छ भने यूके पाउन्ड स्टर्लिंग १५५।२६ रहेको छ ।

त्यस्तै, स्विस फ्रैंकको १२७।०५ अष्ट्रेलियन डलर ८८।९४, जापानी येन ९।३३, चिनियाँ युआन १८।६५, साउदी अरब रियाल ३३।१२ बिक्री दर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर