काठमाडौं २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंबाट फोहोर उठ्न थालेको जानकारी गराएका छन् ।
काठमाडौंबाट फोहोर उठ्न थाल्नुमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय भएको महामन्त्री थापाले बताएका छन् ।
अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने भएको उनले बताएका छन् । साउन १ गतबाट स्रोतबाटै फोहोर छुट्टाएर मात्र फोहोर संकल्न गर्ने कार्यलाई सबैले साथ दिन समेत नेता थापाले आग्रह गरेका छन् ।
उनले भनेका छन् ,’ काठमाडौंबाट फोहोर उठ्न थालेको छ।यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ।अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ।’
उनले भनेका छन् ,’ शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल ९बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो । हरेकपटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन । त्यसैले, सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ । ‘
‘काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले कामनपालाई सम्पूर्ण साथ दिनुपर्छ । ‘