निरन्तरको वर्षाले पहिरो खसेपछि ढोरपाटनका दुई परिवार विस्थापित — OSNepal

निरन्तरको वर्षाले पहिरो खसेपछि ढोरपाटनका दुई परिवार विस्थापित

LC (KTM) June 16, 2021 0

बागलुङ- निरन्तरको वर्षापछि खसेको पहिराले घर जोखिममा पारेपछि ढोरपाटन नगरपालिका–९ नवीका दुई परिवार विस्थापनमा परेका छन् । उनन्चालीस वर्षीय मीनबहादुर विक र ३३ वर्षीया मनरमा विकको घर पहिराको जोखिममा परेको हो ।

घरभन्दा १० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा बस्न सक्ने स्थिति नभएपछि दुवै परिवारका सदस्यले छिमेकीकहाँ आश्रय लिएका छन् । पहिरा खसेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

वर्षात्का कारण ठाउँठाउँमा पहिरा खस्ने तथा जमीन भासिने भए पनि कुनै अप्रिय घटना भने अहिलेसम्म नभएको जिप्रकाका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । “वर्षा धेरै भएकाले बाढी, पहिराका घटना अझै बढ्न सक्छन्, सबै सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर