मेलम्ची नदीमा भिषण बाढी — OSNepal

मेलम्ची नदीमा भिषण बाढी

LC (KTM) June 16, 2021 0

काठमाडौं । मंगलबार परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ ।

मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।

मेलम्चीमा भीषण बाढी आए पनि राती १० बजेसम्म बाढीले मेलम्ची खानेपानीको ड्याम वा सुरुङलाई कुनै क्षति पुगेको जानकारी प्राप्त नभएको मेलम्ची परियोजनामा कार्यरत निमेश रेग्मीले बताउनुभयो ।

सुरुङमा परीक्षणका लागि ढोका बन्द गरिएको र ड्याम तथा सुरुङ अनुगमनका लागि राखिएको सीसी क्यामेराहरुले काम गरी रहेको र त्यहाँ कुनै क्षति नदेखिएको उहाँले बताउनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएको हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

अहिले त्यस क्षेत्रमा भएको मानवीय र अन्य भौतिक क्षति बारे बुझने काम भइरहेको उहाँले जानकारी दिनुभयो । उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर