नुवाकोटको ककनीको त्रिशुली थ्रि ए विद्युत् प्रसारण लाइनमा झुन्डिएर प्रेमबहादुर विक माइलाले दिनभर सबैलाई तनाव दिए । उनलाई प्रशारण लाईनको तार बाट तल ओराल्न सेनानै परिचालन गर्नुपरेको थियो । उनै माईला लाई अब ललितपुरको पाटन मानसिक अस्पताल लगिने भएको छ । उनी शनिबार विहान १० बजेदेखि ककनी गाउँपालिका ७ मा रहेको हाइटेन्सनमा चढेका थिए ।
दिनभर प्रयास गर्दा पनि तल आउन मानेका थिएनन् । बेलकोटगढी नगरपालिकाका ४५ वर्षीय विकको मानसिक अवस्था ठिक नभएको स्थानीयले बताएका छन् । नेपाली सेनाले उनलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाएको थियो । अब उनलाई त्यहाँबाट पाटन अस्पताल ल्याउन लागिएको हो ।