हाइटेन्सन तारमा हिँड्ने व्यक्तिको सेनाको टोलीले गर्‍यो उद्धार, १० घण्टामा १ करोडको क्षति — OSNepal

हाइटेन्सन तारमा हिँड्ने व्यक्तिको सेनाको टोलीले गर्‍यो उद्धार, १० घण्टामा १ करोडको क्षति

LC (KTM) June 11, 2022 0

काठमाडौं, २८ जेठ :

ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले उद्धार गरेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका उनले दिनभर सबैको ध्यान खिचेका थिए । प्रेम पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली-३ ए को उत्पादन नै बन्द गरेको थियो ।

उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ । यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ ।

१० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर