नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा झु ण्डि एर बसेका माइला बिक लाई तत्काल उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई निर्देशन दिएकी छिन् । प्रशारण लाईनको तारमा दिनभर झु ण्डि एरै बसेका उनलाई केही सिप नलागे पछि हेलिकप्टर बाट भए पनि उद्धार गर्न सेनालाई मन्त्री भुसालले निर्देशन दिएकी हुन् ।
उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशुली मातातीर्थ प्रशारण लाइनको तारमा चढेर बसेका छन् ।
उनलाई त्यहाँ बाट उतार्न प्रहरी र स्थानीयबासी लागे पनि असफल भएका छन् । अहिले सो क्षेत्रको प्रशारण लाइनमा बिद्युत प्रबाह रोकिएको छ । बिककै सुरक्षाका लागि भनेर त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।