काठमाडौं ।
काठमाडौं उपत्यकामा शनिबार एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बिहान २ बजेर ३६ मिनेटमा महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्र भक्तपुरको चागुनारायण केन्द्रबिन्दु रहेर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।