पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो — OSNepal

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

LC (KTM) June 11, 2022 0

मुग्लिन, २८ जेठ- वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

किसानलाई हाते ट्र्याक्टर- रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् । खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले बताउनुभयो । आधुनिक प्रविधिबाट खेती गर्न र खेतबारी खनजोतमा सुविधा हुने गरी हाते ट्र्याक्टर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “पछिल्लो समयमा जमिन बाँझो हुने समस्या छ, आगामी दिनमा गाउँपालिकाले कृषि प्रणालीमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नेछ, कृषकले जमिनको उचित प्रयोग गरी उत्पादनमा जोड दिनुप¥यो, यान्त्रीकरण, ज्ञान सीपका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।” ठूला ट्र्याक्टर भिरालो जमिनमा पुग्न समस्या हुने, खेतीयोग्य जमिन नबाँझियोस् र किसान आफैँले पनि हाते ट्र्याक्टर चलाउन सक्ने हुँदा यसप्रति कृषक आकर्षित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर