काठमाडौं २७ जेठ । चालु आर्थिक वर्षको १० महिनामा समग्र मूल्यवृद्धि ८ प्रतिशत नजिक पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदन बताइएको छ । प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.२२ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिवेदन अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ । साथै, गएको बैशाखमा अघिल्लो वर्षको तुलनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, दाल तथा गेडागुडीको मूल्य वृद्धि १०.५३ प्रतिशत,दुग्ध पदार्थ तथाअण्डाको मूल्य वृद्धि ११.३० प्रतिशत,फलफूल १२.६१ प्रतिशत तथा
सुर्तीजन्य पदार्थको मूल्य ९।७० प्रतिशतले वृद्धि भएको छ ।
साथै, यातायातमा २१.८१ प्रतिशत , शिक्षामा ११.६४ प्रतिशत र मनोरन्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत मुल्य वृद्धि भएको छ । तराई र काठमाडौंमा भने मुल्य वृद्धिले आकाश छोएको छ ।
गएको १० महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत तराईमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशतले मुल्य वृद्धि भएको छ ।