विराटनगर २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग अन्य पार्टीको तुलना गर्न नमिल्ने बताएका हुन् । शुक्रबार मोरङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी अन्य पार्टीसँग तुलना गर्न नसक्ने गरी मजबुत बनेको प्रमाणित भएको बताएका हुन् ।
उनले भने, ‘सिटमा अतिकति तलमाथि भयो होला । तर त्यो जम्मा सिट आफ्नो भोटले होइन । यो थालमा जुठा गाँसहरु परेका छन् । नेकपा एमाले त्यस्तो होइन, आफ्नै भोट छ ।’
स्थानीय चुनावमा लोकप्रिय भोट सबभन्दा बढी एमालेले ल्याएको दावी गरेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि व्यङय गर्दै कतिपयले कांग्रेसलाई एमालेको हालत बनाइदिने भनेर धम्की दिएको बताएका छन् ।
ओलीले भने, ‘तिनको उचाई कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन् । धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’
पहिले मान्छे मार्दै हिँडेको भन्दै प्रचण्डतिर लक्षित गर्दै ओलीले ‘एमाले जस्तो हुन पाए मान्छे कुट्दै हिड्थे होलान् भन्दै अघि भने , ‘कांग्रेसले घमण्ड नगरोस्, घमण्ड गर्यो भने एमालेकै हालत बनाइदिन्छु । एक जनले धाक लगाएको सुनियो’,‘एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? मान्छे कुट्दै थिड्थे । पहिले मान्छे मार्दै हिँडेको होइन ‘