काठमाडौं २७ जेठ । सरकारले फोहोर व्यवस्थापनसहित विभिन्न २५ वटा सेवालाई अत्यावश्यक सेवा मान्दै हड्ताल तथा निषेध गर्न प्रतिबन्ध गरेको छ ।
यो सँगै अब काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोलमा अवरोध पनि हटेको छ ।
अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले फोहोर मैला संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थललगायतको क्षेत्रसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरिएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जानकारी दिएको छ ।
जारी राजपत्रमा एक सुचनामा जार ि गरी हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची सार्वजनिक गरेको ।