काठमाडौं २७ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने धारणा राखेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथि छलफलमा बोल्दै नेता पुनले यस्तो धारणा राखेका हुन् ।
पछिल्लो समय आन्तरिक ऋण अत्यधिक बढेकोले सीमा राख्नुपर्ने बताएका उनले विगतमा मुलुकको कुल गार्हस्थ उत्पादनको २.५ रहेकोमा अहिले ५ प्रतिशतभन्दा बढी पुगेको बताएका छन् ।
‘आन्तरिक ऋण वृद्धि भएको छ । जसको कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन सकेको छैन’ उनले भने ।
वैदेशिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नितिलाई भने स्वागत गरेका छन् ।