काठमाडौं २७ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा अब चार दिन ठूला सवारी साधन नचल्ने भएका छन् । अविरल वर्षाको कारण आएको पहिरोले सडक भासिएपछि अहिले भित्ततर्फको भाग काटेर एक तर्फी गाडी चल्न थालेका छन् ।
सडक विभाग महानिर्देशक अजुर्नजंग थापाले दिएको जानकारी अनुसार सडक भासिएको ठाउँमा ठाडो भीर र उक्त भीर कडा चट्टान भएकाले भित्ततर्फको भाग काटेर सडक बनाउनुपर्ने अवस्था रहेको छ ।
जुन काम गर्न आफुहरुसँग छिटो काम गर्ने प्रविधि नभएकोले ठूला बस ट्रक पास हुन करिब ३ देखि ४ दिन लाग्न सक्ने बताएका हुन् । भित्तातर्फको भाग काटेर बाटो दुईतर्फी चलाउने विभागले जनाएको छ ।
गएराति पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको थियो भने २ जनाको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको थियो ।