काठमाडौं २७ जेठ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले अहिलेको पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको ऊर्जा मन्त्रालयको बजेटमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद विष्टले यस्तो टिप्पणी गरेका हुन् ।
एक शताब्दी लामो विद्युत् उत्पादनको परिणाम हेर्दा र अहिले सरकार प्रस्तुत गरेको बजेटले यो पुस्ता विकासको गफ गर्दै गर्दा समाप्त हुने अवस्थामा देखा परेको बताएका हुन् ।
‘चन्द्र विद्युत् गृह निर्माणपछिको १ सय १२ वर्षको अवधिमा २ हजार १ सय ७१ मेगावाट बिजुली उत्पादन गरेका छौं । जलस्रोत माध्यमबाट विकास गर्ने भनेका छौं । यो १ सय १२ वर्षको अवधिले मजाक उठाइरहेको छ, खिल्ली उडारहेको छ । हाम्रो पुस्ता विकासको गफ गर्दागर्दै समाप्त हुने त होइन ?’नेता विष्टले भने ।
अहिलेको बजेटमा सुख्या र वर्षायाममा रहेको अन्तरलाई कम गर्न जलाशययुक्त आयोजना निर्माण गर्न विषयमा सरकारको योजना नभएको नेता विष्टले बताएका छन् ।