काठमाडौं :
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीसँग माफी मागेकी छन् । आज मन्त्रालयमा भएको फोहोर व्यवस्थापनसम्बन्धीको छलफल कायृक्रममा बोल्दै उनले सिसडोलबासीमाथि भएको प्रहरी दमनको विषयमा ाफी मागेकी हुन् । छलफलमा बोल्ने क्रममा उनले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी हुन् ।
जनप्रतिनिधिहरुले स्थानीयवासीमाथि भएको प्रहरी ज्यादतीको विषयमा प्रश्न उठाएपछि उनले माफी मागेकी थिईन् ।उनले भनेकी छिन ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु’ ।
स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध चर्को गरेका थिए ।