काठमाडौं २७ जेठ । गएरातिबाट पेट्रोलिय पदार्थको मुल्य वृद्धि भएसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि बढाएको छ ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सुचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
विभागले सुचनामा जानकारी गराए अनुसार यात्रुबाहक सवारीको हकमा २।५ प्रतिशत भाडा वृद्धि भएको हो ।
पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
योसँगै प्रदेशहरुले पनि यसकै आधारमा छोटो दुरीको सवारी भाडा बढाउने भएका छन् । जेठ ११ गतेमात्र विभागले २ प्रतिशत भाडा घटाएको थियो ।