काठमाडौं २७ जेठ । प्रतिनिधि सभाले यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले यौन हिंसाबिरुद्धका केही ऐन र फौजदारी कसूर तथा फौजदारी कार्य विधि सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक संसदमा पेश गरेको थियो ।
उक्त पेश गरिएको यौन हिंसा र फौजदारी कसूर सम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको हो ।
जुन सांसदहरुले सर्वसम्मतिले पारित गरेका हुन् । ती संशोधन प्रस्तावहरुमाथि समेत संसदीय समितिमा नै छलफल हुने भएको छ । संसदीय समितिले दफावार छलफल सकाएपछि फेरि विधेयक प्रतिवेदन संसदमा पठाइने छ ।
उक्त विधेयक प्रतिनिधि सभाले पास गरेपछि राष्ट्रिय सभामा पठाइने छ ।