काठमाडौं २७ जेठ । लोकतान्त्रिक समाजावदी पार्टीकी सांसद चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको विषयमा सरकारको ध्यानाकषर्ण गराएकी छन् ।
शुक्रबार बसेको संसद बैठकमा सांसद चौधरीले गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको भन्दैं दोषीलाई करावहीको माग गरेकी छन् ।
‘कानुनसम्मत दोषीलाई कारबाही हुनुपर्यो । कानुन सम्मत जेछ, त्यो न्याय मलाई चाहियो ।’उनले भनिन् । चुनावमा भोट माग्न किन आएको भन्दै आफूमाथि आक्रमण भएको बताएकी उनले प्रहरीले सुरक्षा नदिएको भए आफ्नो ज्यान समेत जाने बताइन् ।
हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ भनेर मेरो आमालाई भनिएको जानकारी दिएकी उनले आफ्नो परिवारले यस्तो पिडा विगत २७ वर्ष २०५४ सालमा आफ्नो दाइलाई बेपत्ता पारिएको घटना स्मरण गर्दै आफु माथि पनि यस्तै गर्न खोजिएको भन्दै सरकारको ध्यानकषर्ण गराएकी हुन् ।