काठमाडौं २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३० गते सचिवालय बैठक बोलाएको छ । सो सचिवालय बैठकमा एजेण्डा तय गर्नको लागि जेठ २९ महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक समेत तय भएका छन् ।
स्थानीय तह निर्वाचन देखि आगामी निर्वाचनका बारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको हो । प्रचार विभागका उपप्रमुख विष्णु रिजालले दिएको जानकारी जेठ २९ बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्ने भएको छ ।
साथै, उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणको विषयमा समेत छलफल हुने भएको छ ।
नेता भुसालले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै आयोगले कार वाही गर्न सिफारिस गरेको थियो ।