तनहुँमा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएका हरुको खोजी गर्न गोताखोरको प्रयोग — OSNepal

तनहुँमा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएका हरुको खोजी गर्न गोताखोरको प्रयोग

LC (KTM) June 10, 2022 0

तनहुँ, २७ जेठ

तनहुँको आबुखैरेनी गाउँपालिका–४ मा सडक भासिएर मर्स्याङ्दीमा खस्दा वेपत्ता भएका हरुको खोजी गर्न प्रहरीले गोताखोरको प्रयोग गरेको छ ।

आज विहान अन्दाजी ३० मिटर सडक भासिएर मर्स्याङ्दी नदीमा खस्दा एउटा कार पनि परेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालका अनुसार गोताखोरले नदिबाट दुई जनाको शव निकालेका छन् । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । कारमा कति जना थिए भन्ने केही खुलेको छैन ।

सडक भासिएपछि मुग्लिन–पोखरा सडकखण्डमा सवारी आवागमन बिहान ५ बजे देखि अबरुद्ध भएको छ । सवारी साधनलाई पोखरा र मुग्लिन आसपासकै क्षेत्रमा रोक्न लगाइएको छ ।

अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनँहुका प्रमुख प्रहरी नायव निरीक्षक नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर