बिद्धुत सर्ट भइ आगलागी हुँदा घर गुमाएका परिवारलाई अस्थायी टहरा तथा अन्य सहयोग गरिएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४ थकनी चिलाउनेकि गङ्गा तामाङको घरमा हिजो बिद्धुत सर्टभइ आगलागी हुँदा घर पुर्ण रुपमा क्षती हुनुका साथै खाध्यान्न , लत्ताकपडा , नगद, सुन नस्ट भएको थियो ।
बिहीवार उक्त परिवारलाइ थकनिका पुर्व वडा सदस्य एबम नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापतिका प्रत्यासी कृष्णकुमार तामाङ समीर सहितको टोलिले अस्थायी टहरा निर्माण गरिदिनुका साथै , खाद्यान्न , किचन सामग्री ,लत्ताकपडा ,जुत्ता चप्पल , ओढ्ने ,ओछ्याउने लगायतका आवश्यक सामाग्री सहयोग गरिएको वडा सदस्य कमल तामाङले जानकारी दिनुभयो । गङ्गा एकल महिला हुनुहुन्छ ।उहाँको श्रीमानको केही महिना अघि क्यान्सरका कारण निधन भएको थियो ।
गङ्गाको ९ र १२ बर्षका छोरा र ७ बर्षकि छोरी छन् । समाग्री वितरण गर्दै तामाङले प्रत्येक वडावासीको समस्या र चुनौती आफुहरुको पहिलो प्राथमिकता रहेको रेडियो मेलम्ची लाई बताउनुभयो । वडा बासिका सबैखाले समस्या, आपत विपदको सारथी बन्न नेपाली कांग्रेस हरदम तयार रहेको उहाँको भनाइ छलाइ छ ।
विपदको यो घडीमा पुर्ण रुपले घर जलिसकेको अवस्थामा गंगा तामाङको परिवार लाई अस्थायी आवास निर्माणमा सहयोग सम्पुर्ण नेपाली कांग्रेसका स्वयमसेवक साथीहरु, मेलम्ची नगरपालिका-४ का जननिर्वाचित वडाध्यक्ष संजीव तामाङ, सदस्यद्धय कमल लामा ,सञ्च कुमार तामाङ, लगायत स्थानीयलाई तामाङले धन्यवाद व्यक्त गर्नुभएको छ ।