काठमाडौं २६ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन पर्ने बताएका छन् ।
बिहिबार बसेको संसद बैठकमा बोल्दै नेता सिंहले ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन आग्रह गरेका हुन् ।
एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको बताएका उनले फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका भन्दै यस्तो धारणा राखेका हुन् ।
नेता सिंहले यदि विद्यालय र कार्यालयको समय फरक बनाउन सके सडकमा जाम कम हुने बताएका छन् । फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकलाई ट्राफिक जामबाट मुक्त गर्न विद्यालय र कार्यालय समय फरक बनाऔं ।