काठमाडौं २६ जेठ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ । बिदा अस्वीकृत भएपछि पोखरेल भने कार्यालय आएका छैनन् ।
पोखरेलले हिजो बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा थप १० दिनको बिदा माग गर्दै निवेदन दिएपनि प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले उनको बिदा अस्वीकृत गरेका हुन् ।
आफ्नो बिदा अस्वीकृत भएपनि कार्यालयमा हाजिर हुन उपस्थित नभएका उनी वरीयतामा आफूभन्दा जुनियरलाई आइजिपीमा नियुक्त गरेको विषयमा रुष्ट देखिएका छन् ।
साथै, उनले सर्वोच्च रिट दायर समेत गरेका छन् । उनको मुद्धाको नतिजा भने आएको छेन । गत बैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निणर्य गरेको थियो ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार पोखरेलले आफ्नो बिदा अस्वीकृत भएको पत्र पनि बुझ्न मानेका छैनन् । अब यस्तो परिस्थितिमा पोखरेल माथि के हाला कार वाही सबै चासो विषय बनेको छ ।