बञ्चरेडाँडामा पक्राउ परेका तिन जना २२ घण्टा पछि रिहा, प्रधानमन्त्रीले बोलाए वार्ता गर्न — OSNepal

बञ्चरेडाँडामा पक्राउ परेका तिन जना २२ घण्टा पछि रिहा, प्रधानमन्त्रीले बोलाए वार्ता गर्न

LC (KTM) June 09, 2022 0

काठमाडौं २६ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका क्रममा नुवाकोटक बञ्चरेडाँडाका स्थानीय वासीले अवरोध गरेपछि प्रहरीले बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष लगायत केहिलाई पक्राउ गरेको थियो ।

बुधबार समितिका अध्यक्ष श्रीराम ढुंगाना, श्रीकृष्ण बजगाई र तपन उप्रेतीलाई प्रहरीले पक्राउ गरी नुवाकोट प्रहरी चौकी राखेको थियो । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले वार्ता गर्न बोलाएको भन्दै उनीहरुलाई २२ घण्टा पछि छोडिएको छ ।

फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा वार्ता गर्ने बुझिएको छ । बुधबार प्रहरी र स्थानीयबीच झडप हुँदा बञ्चरेडाँडा तनावग्रस्त बनेको थियो स्थानीयले प्रहरीमाथि हातपात गर्नुको साथै फोहोरको गाडीमाथि पनि तोडफोड गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर