लाइनको पहुँच नभएको उपल्लो डोल्पामा निःशुल्क सोलार वितरण — OSNepal

लाइनको पहुँच नभएको उपल्लो डोल्पामा निःशुल्क सोलार वितरण

LC (KTM) June 09, 2022 0

जाजरकोट, २६ जेठ-केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा सौर्य ऊर्जा ( सोलार) निः शुल्क वितरण गरिएको छ । डोल्पोबुद्ध –६ का १२८ घरधुरीमा ५० वाटको सोलार जडान गरिएको वडाध्यक्ष नुर्बु डम्डुल गुरुङले जानकारी दिनुभयो  ।

कादुरी नामक संस्थाको सहयोगमा वडाका सम्पूर्ण घरधुरीलाई निःशुल्क सोलार प्रदान गरिएको उहाँले बताउनुभयो । संस्थाले सोलार खरिद गरिदिएर जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरसम्म ढुवानी गरिदिएको थियो । यसपछि स्थानीय आफैँले सोलार ढुवानी गरेका थिए । सोलारले दैनिकीमा सजिलो भएको स्थानीयवासी सेनाङ लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर