काठमाडौं २६ जेठ । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरेकी छन् ।
बिहिबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले किताब छापेर दिने जिम्मेवारी पूरा गर्न नसक्ने जनक शिक्षा सामग्री केन्द्र खारेजीको माग गरेकी हुन् ।
जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक नपाएको गुनासो गरेकी उनले यदि, छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने भन्दै खारेजीको माग गरेकी हुन् ।
यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्दैन ?उहाँहरू जवाफदेही बन्नुपर्दैन भन्दै संसदमा प्रश्न गरेकी उनले भनिन्, बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो रु कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।” उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजीलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन् ।