काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको फड्केश्वरी भन्ने स्थानको अस्थायी पुलमा बाढीले क्षति पुर्याएको बताइएको छ । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली त्यसतर्फ गइसकेको बताइएको छ ।
सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । पानी परेसँगै स्थानीय त्रसित छन् । गत वर्ष सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो ।
तस्विर – देबराज सुबेदी