नेपालकै फिल्मी ईतिहासमा सबैभन्दा बढी फिल्म निर्देशन गर्ने निर्देशकमा शोभित बस्नेत लाई लिईने गरेको छ । उनका प्रायः जसो फिल्महरु सुपर डुपर फ्लप हुने गरेका छन् । उनका केही फिल्मले मात्र बक्स अफिसमा कमाई गर्ने गरेका छन् । उनै निर्देशक शोभित बस्नेतले अब फेरि एकपटक फिल्म ‘डाँडाको वरपीपलको सिक्वेल बनाउन लागेका छन् ।
सलोन बस्नेत र रुविना थापा अभिनित फिल्म ‘डाँडाको वरपीपल’भने बक्स अफिसमा सुपर फ्लप साबित भएको थियो । त्यतिबेला महानायक र महानायिकाको बिषयलाई लिएर उनको फरक टिप्पणी आएकै कारण फिल्मले राम्रो ब्यापार गर्न सकेन भने कोरोनाको महामारीको प्रभावका कारण पनि हल सम्म दर्शक तान्न असफल भएको थियो
उनको यो फिल्मले सिनेमाघरमा दर्शक तान्न नसके पनि युट्युबमा सकारात्मक प्रतिक्रियासहित उल्लेख्य भ्युज आएकाले यो फिल्मको दोस्रो श्रृंखला बनाउन लागेको शोभितले बताए ।डाँडाको वरपीपल रिलिजका बेला विभिन्न विवाद र परिस्थितिले धेरै दर्शकमाझ पुग्न नसकेको उनले स्वीकार गर्दै भने– पहिलो शृंखलामा पनि हामीले दोस्रो पार्टका लागि ठाउँ छाडेको थियौं, त्यसैको निरन्तरता पनि हो ।
फिल्ममा सलोन र रुविनाका साथै सरोज खनाल, गौरी मल्ल लगायतको अभिनय रहने, तर टुंगो भने लागि नसकेको उनको भनाई छ । युट्युबमा रिलिज भएको यस चलचित्रले १७ लाख भन्दा बढी भ्युजका साथ नेपाल ट्रेण्डिङमा एक नम्बरमा रहन सफल भएको छ ।