काठमाडौं २५ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पास हुन ढिलो हुने बताएका छन् ।
बुधबार संसद भवनबाट बाहिरिने क्रममा नेता खनालले बराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको भन्दै प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउन महाअभियोग लगाइएको बताएका छन् ।
उक्त प्रस्ताव तुरुन्त पास गर्न नराखिएको बताएका उनले संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गरेपछि अगाडि बढ्ने बताएका छन् ।
‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि, यो प्रस्तावअगाडि आएको छ, यसलाई विस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने अनि क्रमशः एउटा टुंगोमा पु¥याउने कुरा हो नि त, त्यसकारण समय अझै छ, उनले अघि भने, ‘समिति गठन भएको छ, समितिले माग गर्नुप¥यो नि त, त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो, अनि संसदले काम गर्नुप¥यो, त्यसपछि त अगाडि बढिहाल्छ नि ।’