काठमाडौं २५ जेठ । नेकपा एकिकृत समाजवादीका थमौतीमा परेका मन्त्रीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गोप्य भेटवार्ता गरेका छन् ।
पार्टीले ६ महिनाको अवघिमा पुरा भएको भन्दै आइतबार सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएका थिए । तथापी, प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काललाई नयाँ मन्त्रीको सपथ कार्यक्रम रोकेपछि थमौ तीमा परेका मन्त्रीहरुले प्रचण्डसँग गोप्य छलफल सुरु गरेका हुन् ।
समाजवादीले पर्यटनमा प्रेम आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा किसन श्रेष्ठ र स्वास्थ्यमा विरोध खतिवडालाई मन्त्री बनाएको थियो ।
प्रचण्डलाई भेट्न पर्यटन मन्त्री आले, श्रम मन्त्री श्रेष्ठ, सहरी विकास मन्त्री झाँकी र स्वास्थ्य मन्त्री खतिवडा दिउँसो खुमलटार पुगेका हुन् । तर, छलफलको विषय भने गोप्य राखिएको छ ।