हत्या गरेको आरोपमा प्रहरीले एउटा गाई लाई नियन्ञणमा लिएको छ । नियन्त्रणमा लिइएको गाईलाई कारबाहीको तयारी गरिएको छ । । दोषी प्रमाणित भएमा गाईलाई जेल सजाय पनि हुन सक्छ । यो गाईले १२ वर्षीय बालकको हत्या गरेको आरोप छ । घटना दक्षिण सुडानको लेक्स राज्यको हो। त्यहाँ फार्म नजिकै एक बालकलाई आक्रमण गरेको आरोपमा गाई पक्राउ परेको छ ।
यसको पुष्टि गर्दै प्रहरीले गाईका मालिकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । डेली स्टारको रिपोर्टका अनुसार गाईको आक्रमण यति कठोर थियो कि बालकको त्यहीँ मृत्यु भएको थियो । दक्षिण सुडानका प्रहरी प्रवक्ता मेजर एलिजा एमबोरोले गाई हाम्रो हिरासतमा रहेको र यसलाई रुम्बेक सेन्ट्रल काउन्टी पुलिस स्टेशनमा राखिएको बताए। मेजर एलिजाले थप भने- मृत बालकलाई पोस्टमार्टमका लागि अस्पताल लगिएको थियो र त्यसपछि अन्तिम संस्कारका लागि घर पठाइएको थियो।
अचम्मको कुरा त के छ भने यो देशमा यसअघि पनि जनावरलाई पक्राउ गरेर मुद्दा चलाइयो र त्यसपछि जेल सजाय पनि भयो । एक महिना अघि, एक भेडालाई ४५ वर्षीया महिलाको हत्याको लागि पक्राउ गरिएको थियो, त्यसपछि भेडामाथि मुद्दा चलाइएको थियो, र अन्तमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। भेडाको सजाय सकिएपछि देशको कानुनअनुसार मृतकको परिवारलाई मात्रै दिइनेछ । इन्डिपेन्डेन्टको रिपोर्टका अनुसार सुडानमा कुनै घरपालुवा जनावरले कसैलाई मारेमा सजाय समाप्त भएपछि मृतकको परिवारलाई क्षतिपूर्तिको रूपमा हस्तान्तरण गरिन्छ।