काठमाडौं २५ जेठ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले मन्त्री फेरेपछि सत्ता गठबन्धनमा रहेका अन्य पार्टीहरुमा भुकम्प नै गएको बताइका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विधार्थीको कार्यक्रममा अध्यक्ष नेपालले आफुले आफुहरुले ६ महिना एउटा टिम र अर्को महिना अर्को टिमलाई मन्त्री बनाउने निर्णय अनुसार नै अहिले मन्त्री फेर्न लागेको बताएका हुन् ।
आफ्नो पार्टीको निणर्यले अन्य पार्टीमा भुकम्प गएको बताएका उनल त्यही भएर अहिले निर्णय कार्यान्वयनमा नआएको बताएका छन् ।
‘हाम्रो पार्टीले निर्णय गर्यो अरू पार्टीमा भूकम्प गयो। दोषजति हाम्रा मन्त्रीलाई नदिऔं। अब जाने मन्त्रीले राम्रा काम गरूँन्,’अधयक्ष नेपालले भने ।
छ महिना भनेको हो आठ महिना भयो। राम्रो काम गरेकालाई धन्यबाद दिऔं भनेका उनले भने, ‘मन्त्रीहरूले पार्टीका निर्णय मान्न तयार छौं भनेका छन्। मन्त्रीको कुर्सीमा टाँसिएर बस्ने छैनौं भन्नुभएको छ।’