काठमाडौँ १ असार । संविधानले व्यवस्था गरे अनुरुप आज असार एक गते प्रदेश २ सरकारले पनि आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट विनियोजन गरेको छ । आज मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेट विनियोज गरेका हुन् ।
प्रदेश सरकारले चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।बजेट विनियोजन गर्दै मन्त्री यादवले स्वाथ्य र शिक्षालाई प्राथमिकतामा राखेको जनि जानकारी दिएका छन् ।
महामारीको रुपमा फैलिएको कोभिड १९ को लागि प्रदेश २ सरकारले २० करोड बजेट छुट्याएको छ । मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मृगौला पिडितहरुको लागि प्रदशे २ सरकारले ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि मन्त्री यादवले जानकारी दिएका छन् ।