काठमाडौं २५ जेठ । विवेकशील साझा पार्टीकी पूर्व नेतृ रञ्जु दर्शना आगामी चुनावमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट उठ्ने भएकी छन् ।
आउँदो प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका नेता ईश्वर पोखरेलको निर्वाचन क्षेत्रबाट रञ्जुले चुनाव लड्ने भएकी हुन् ।
विवेकशील साझा छोडेपछि कुनै पार्टीमा आवद्ध नभएकी रञ्जुले स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएकी हुन् ।
आगामी चुनावमा आफु काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने तयारी गरिरहेको बताएकी उनले केही दिनमा औपचारिक रूपमै यसको घोषणा गर्ने बताएकी छन् ।