काठमाडौं २५ जेठ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले महाअभियोग लगाइसकेपछि कानूनत, संविधानत, जे व्यवस्था छ त्यसलाईपुरा गर्नुपर्ने बताएकी छन् ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग बोल्दै अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्याउनुपर्ने बताएकी हुन् ।
मान्छेको जीवनमा चार्ज लगाएर सार्वभौमसत्ता सम्पन्न संसदमा ल्याएर छलफल नगरीकन त्यत्तिकै पेन्डिङ गरेर बसिरहने कुरा हुन्छ भन्दै प्रश्न गरेकी उनले पुरा गर्न नसक्नेले कि दर्ता गर्नु हुन्थेन भनेकी छन् ।
गठबन्धनले महाअभियोग प्रस्ताव पारित गर्न नभई आफ्नो उद्देश्य पूरा गर्न मात्र ल्याएको आरोप लगाएकी उनले आफ्नो पार्टीले त महाअभियोग पास गर्नका निम्ति निश्चित उद्देश्य पुरा गर्नको निम्ति ल्याएको हो भनेका थिर्यौ जुन आज पुष्टि भएको बताइन् ।