काठमाडौं २५ जेठ । नेकपा एकिकृत समाजवादीका नेता मेटमणि चौधरीले आफु मन्त्री बन्नेमा कुनै शंका नभएको स्पष्ट पारेका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मी सँग कुरा गर्दै नेता चौधरीले नयाँ मन्त्रीहरुले बिहिबार सम्म सपथ लिने बताएका छन् ।
‘मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथ ग्रहण भोलि पक्कै हुन्छ’ उनले भने । जनता समाजावादी माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब र आएकाले सबै पार्टीले एकैपटक सपथ गराउनको लागि नै अध्यक्ष माधव नेपाल सपथ ग्रहण पछि सार्न सहमत भएको समेत नेता चौधरीले खुलासा गरेका छन् ।
‘माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौं, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो ।’ उनले भने ।
सकभर आज नभए भोलि ग्यारेन्टी मन्त्रीको सपथ हुने दावी गरेका उनले यसलाई अपरिपक्व निर्णय भन्न नमिल्ने बताएका छन् ।