काठमाडौं २५ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले काठमाडौंबाट चुनाव लड्ने भएकी छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ वडा ७ मध्ये एउटा क्षेत्रबाट आउँदो आम निर्वाचनमा उम्मेदवार बन्ने भएकी हुन् । आफूलाई चुनाव लड्न प्रस्ताव आएको बताएकी उनले आफु उम्मेदवार बन्न पनि तयार भएको स्पष्ट पारेकी छन् ।
पार्टीभित्र पनि युवा अगाडि आउनु पर्यो र व्यवस्थापिकामा उपस्थिति जनाउनुपर्यो भन्ने आवाज आएकाले आफु निर्वाचनको लागि तयार भएको बताएकी हुन् ।
कुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने टुंगो नलागेकाले उम्मेदवारीको विषय प्रारम्भिक छलफलमा रहेको बताएकी छन् । जसपाकी केन्द्रिय सदस्य समेत रहेकी मानुषीले संसदलाई राजनीतिक संस्कारयुक्त बनाउन आफू चुनाव लड्न चाहेको जनाएकी छन् ।