काठमाडौं २५ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ,‘किसानले पेन्सन कति समयपछि पाउँन हो, वर्गिकरण र सूचीकरण नगरिएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद भट्टराईले पेन्सन भनेको निश्चित समयपछि दिने निवृतिभरण भएको भन्दै सरकारले किसानका लागि पेन्सनको कुरा गरेको हो हो भन्दै स्पष्ट पारेका छन् ।
‘किसानले पेन्सन कति समयपछि पाउँन हो, वर्गिकरण र सूचीकरण गरिएको छैन ।,हाम्रो चलन छ फर्ममा लेख्ने समयमा गरिब किसानले पनि किसान लेख्छन्, भुमिहिन, जमिन्दार र धनीले सबैले किसान लेख्छन् । सरकारले कुन किसानका लागि पेन्सनको कुरा गरेको हो ?’ उनले भने ।
यदि सरकारले यसरी जाने हो भने बाघ र बाख्रालाई एउटै खोरमा थुनेर बाख्राको संरक्षण गर्छु भने जस्तो हुने सांसद भट्टराईले बताए ।
किसान पेन्सन ठिक तरिकाले गर्ने हो तिनिहरुको सूचीकरण हुनुपर्ने भन्दै उनले भने, ‘आज बालीनाली लगाउँने समय छ मलको हाहाकार छ मल खोज्न कृषिमन्त्री भारत जानु भएको छ, कहाँ पुग्नुभयो, मल नपाएर कृषि मन्त्री थकित भएर उतै निवार्चित हुन बेर छैन, मलमा सरकारले माल खोलेको छ, हामीले मल खोजेका हौं माल खोजेका हैनौं । ’